परिचय

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको  स्वास्थ्य सम्बन्धि  प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। स्वास्थ्य मन्त्रालयको नीति निर्माणमा  सहयोग गर्नुका साथै प्रदेश अन्तर्गत संचालित प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्स्थापनात्मक र प्रशामक स्वास्थ्य सेवाको योजना तयार गरि कार्यन्वयन गर्नुका साथै  मातहतका स्वास्थ्य कार्यालय, अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका कार्यालयहरुको अनुगमन र मुल्यांकन गर्ने उद्देश्यका साथ स्वास्थ्य निर्देशनालय स्थापना भएको हो ।

स्वास्थ्य निर्देशनालयले देहाय बमोजिमका कार्यहरु गर्दछ ।

योजना अनुगमन तथा नियमन शाखा

  • स्वास्थ्य सेवा सम्बन्धी प्रादेशिक अल्पकालिन तथा दीर्घकालिन नीति, योजना तर्जुमा गर्नमा  स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम मातृ तथा नवशिशु स्वास्थ्य, खोप तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य तथा किशोर किशोरी स्वास्थ्य, आधारभुत स्वास्थ्य सम्बन्धी प्रादेशिक नीति निर्माण तथा रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु तयार गर्न स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्ने ।
  • प्रदेशस्तरीय आवधिक तथा वार्षिक आयोजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
  • राष्ट्रिय नीति तथा रणनीति अनुसार स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सहजिकरण गर्ने ।
  • स्थानीय तह तथा सरोकालाहरुसँग प्राविधिक विषयमा समन्वय तथ सहजिकरण गर्ने ।
  • पोषण सम्बन्धी प्रादेशिक नीति तथा कानून निर्माणमा सहयोग गर्ने गुणस्तर मापदण्ड योजना कार्यान्वयन र नियमन गर्ने ।
  • प्रदेश स्तरीय अनुसन्धानका प्राथमिकता निर्धारण अध्ययन तथा अनुसन्धान गर्ने ।
  • प्रदेश स्तरीय स्वास्थ्य मानवस्रोत विकास र व्यबस्पापन गर्ने ।
  • आयोजना तथा कार्यक्रमहरुको अनुगमन, समिक्षा तथा मूल्याङ्कन गर्ने ।
  • प्रदेशस्तरमा स्वास्थ्य सम्बन्धी स्वास्थ्य लेखा पद्दती विकास तथा अध्ययन अनुसन्धान गर्ने ।
  • खानेपानी, खाद्द पदार्थ, ध्वनी र हावाको गुणस्तर अनुगमन एबं गुणस्तर मापदण्ड निर्धारण गर्ने अन्तर निकाय समन्वय तथा कार्यान्वयन गर्ने ।
  • स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्बाधार विकासको प्रादेशिक योजना तर्जुमा गर्ने ।
  • स्वास्थ्य सम्बन्धी विषयहरुमा अन्तर प्रदेश र तहगत सहकार्य तथा समन्वय गर्ने ।
  • प्रादेशिक कार्यक्रमहरुको सुपरिबेक्षण तथा अनुगमन गर्ने ।
  • स्वास्थ्य तथा पोषण प्रबर्द्धनको लागि बहुक्षेत्रीय समन्वय गर्ने ।

चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा

  • संघीय मापदण्ड बमोजिम रोग नियन्त्रण निगरानी तथा प्रकोप ब्यबस्थापनका लागि प्रदेशस्तरमा आवश्यक पर्ने नीतिगत व्यबस्था गर्न सहयोग गर्ने तथा योजना तर्जुमा प्रक्रियामा समन्वय तथा सहयोग गर्ने ।
  • प्रदेशस्तरीय जनस्वास्थ्य निगरानीका कार्य गर्ने ।
  • जनस्वास्थ्य आपतकालिन अवस्था स्वास्थ्य क्षेत्रमा विपद र महामारी व्यबस्थापन गर्ने ।
  • रोग नियन्त्रण निगरानी तथा प्रकोप व्यबस्थापन गर्न अन्तर प्रदेशीय समन्वय गर्ने ।
  • औषधी निगरानी (Pharmacovigilance), औषधिको समुचित प्रयोग र सुक्ष्मजीवनिरोधक प्रतिरोध ( Antimicrobial Resistance) न्यूनिकरण सम्बन्धी कार्य गर्ने ।
  • राष्ट्रिय मापदण्ड तथा प्रादेशिक आवश्यक्ता अनुसार अस्पताल सेवा सुदृढिकरण समबन्धी कानून तथा नीति तयार गर्न सहयोग गर्ने मार्गदर्शन गुणस्तर मापदण्ड तथा प्रोटोकल निर्माण गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको भौतिक संरचना तथा उपकरण सम्बन्धी प्रादेशिक नीति तयार गर्न सहयोग गर्ने नियम तथा मापदण्ड निर्माण गर्ने ।
  • प्रदेशस्तरमा निजी तथा सरकारी अस्पताल वीचको सहकार्यका लागि रणनीति मापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा प्रादेशिक मापदण्ड तथा निर्देशिका निर्माण गरी अस्पताल, नर्सिङ होम, क्लिनिक, पोली क्लिनिक लगायत अन्य स्वास्थ्य संस्थाहरुको दर्ता सिफारिस तथा अनुमति, नविकरण स्तरोन्नति अनुगमन तथा नियमन सम्बन्धी कार्य गर्ने ।
  • प्रदेश स्तरमा स्वास्थ्य सेवा अन्य फोहोरमैला व्यबस्थापन सम्बन्धी रणनीति मापदण्ड निर्माण तथा कार्यान्वयन गर्ने ।
  • प्रदेशस्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण सेवा व्यबस्थापन गर्ने ।
  • स्थानीय स्तरमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा प्रेषण सेवा व्यबस्थापन गर्न सहजिकरण गर्ने ।
  • स्थानीय स्तरमा स्वास्थ्य संस्था तथा सेवा सुदृढिकरणका लागि सहजिकरण गर्ने
  • अन्तर्राष्ट्रिय राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अनुरुप स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विकिरणहरुको प्रभाव न्यूनिकरण सम्बन्धी कार्य गर्ने ।
  • प्रदेशस्तरका अस्पतालहरुलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको रुपमा विकास तथा व्यबस्थापन गर्नमा सहयोग गर्ने ।
  • प्रदेश स्तरमा स्वास्थ्य जन्य फोहोर व्यबस्थापन सम्बन्धी मापदण्ड निर्धारण र नियमन गर्ने ।
  • स्थानीय स्तरमा स्वास्थ्य जन्य फोहोर व्यबस्थापन सम्बन्धी मापदण्ड निर्माण तथा कार्यान्वयनका लागि सहजिकरण तथा समन्वय गर्ने ।
  • अस्पताल तथा स्वास्थ्य संस्था भवन संहिता विकास अध्यावधिक गर्ने ।
  • स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधारहरु तथा उपकरणहरुको स्तरीकरण गरि लगत राख्‍ने ।
  • स्वास्थ्य पूर्वाधार तथा उपकरणको निरीक्षण अनुगमन तथा गुणस्तर नियन्त्रण गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम औषधी जन्य तथा स्वास्थ्य प्रविधि सामाग्री उत्पादन, संचय, अधिकतम खुद्रा मूल्य, अन्तिम विसर्जन सम्बन्धी गुणस्तर मापदण्ड दर्ता संचालन अनुमति र नियमन गर्ने ।
  • निर्धारित मापदण्ड र वर्गिकरण बमोजिम पेशागत अनुमति प्रदान गर्ने ।

कार्यक्रम, समन्वय तथा जनसंख्या शाखा

  • राष्ट्रिय मापदण्ड बमोजिम प्रदेशस्तरमा स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली सम्बन्धी नीति तयार गर्न सहयोग गर्ने नियम निर्देशिका मापदण्ड तथा प्रोटोकलहरु निर्माण गर्ने ।
  • स्वास्थ्य सूचना पद्दतिहरुलाई समयानुकुल अध्यावधिक तथा प्रविधि मैत्री बनाउदै व्यबस्थापन गर्ने ।
  • एच. एम. आइ. एस./ एल. एम. आइ. एस. जस्ता स्वास्थ्य क्षेत्रमा विद्यमान सूचना प्रणालीलाई एकिकृत प्रणालीको रुपमा प्रदेशस्तरमा संस्थागत गर्ने ।
  • प्रदेशस्तरको आवश्यक्ता अनुसार स्वास्थ्य सूचनाको सूचकहरु निर्धारण एवं कार्यान्वयन गर्ने ।
  • स्वास्थ्यसँग सम्बन्धित सूचनाहरुको विश्लेषण गरी बार्षिक तथा आवधिक रुपमा प्रतिबेदन तयार तथा सार्वजनिकिकरण गर्ने ।
  • एकिकृत स्वास्थ्य सूचना प्रणालीलाई विभिन्न तहमा संस्थागत गर्न क्षमता अभिवृद्धिका लागि सहजिकरण गर्ने ।
  • स्वास्थ्य सेवा सम्बन्धी सूचना व्यबस्थापन तथा कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिक स्तरमा जनसंख्या तथा परिवार योजना सम्बन्धी नीति तयार गर्न सहयोग गर्ने रणनीति निर्देशिका गुणस्तर मापदण्ड तथा प्रोटोकलहरु तयार गर्ने ।
  • राष्ट्रिय मापदण्ड बमोजिम प्रादेशिक स्तरमा बसाइसराई सम्बन्धी नीति तयार गर्न सहयोग गर्ने रणनीति निर्देशिका तयार गर्ने ।
  • प्रादेशिकस्तरमा जनसंख्या तथा परिवार नियोजन सेवा सम्बन्धी सर्वेक्षण अनुसन्धान र विश्लेषण गर्ने ।
  • जनसंख्या व्यबस्थापन तथा परिवार योजना सम्बन्धी प्रादेशिक स्तरमा योजना कार्यान्वयन गर्ने ।
  • जनसंख्या व्यबस्थापन सम्बन्धी स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनका लागि सहजिकरण गर्ने ।
  • प्रादेशिकस्तरमा जनसंख्या चाप सूचाङ्क तथा प्रोफाइल तयार गर्ने ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा

  • संघीय मापदण्ड बमोजिम जडिबुटी संरक्षण सम्बर्धन प्रबर्धन गुणस्तरीय आयुर्वेद औषधी उत्पादन र नियमनका लागि नीति तर्जुमा गर्न सहयोग गर्ने ।
  • आयुर्वेद र अन्य प्रचलित स्वास्थ्य सेवा सम्बन्धी प्रदेशस्तरीय मापदण्ड तर्जुमा र ब्यबस्थापन गर्ने ।
  • प्रदेश तहमा प्रदान गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको अनुगमन तथा सुपरिवेक्षण गर्ने ।
  • आयुर्वेदिक युनानी आम्ची होमियोप्याधिक प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यबस्थापन गर्ने ।
  • आयुर्वेदिक तथा बैकल्पिक चिकित्सा सेवा स्थानीय तहबाट प्रवाहका लागि आवश्यक समन्वय र सहजिकरण गर्ने ।

नर्सिङ सेवा व्यबस्थापन शाखा

  • प्रादेशिक स्तरमा नर्सिङ सेवाको गुणस्तर कायम गर्नका लागि मापदण्ड तथा प्रोटोकल निर्धारण र नियमन गर्ने ।
  • गुणस्तरीय र दक्ष नर्सिङ जनशक्तिको उत्पादन तथा परिचालन गर्न आवश्यक मापदण्ड निर्देशिका जारी गर्न सहजीकरण गर्ने ।
  • नर्सिङ तथा मिडवाइफ्री सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
  • नर्सिङ तथा मिडवाइफ्री सम्बन्धी मानव संसाधनको योजना क्षमता अभिबृद्धि विकास र व्यबवस्थापनमा समन्वय र सहयोग गर्ने ।
  • प्रादेशिक आवश्यक्ता अनुसार महिला स्वास्थ्य स्वयं सेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वंय सेवा परिचालनका सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण तथा कार्यान्वयन गर्ने ।

प्रशासन शाखा

  • आन्तरिक प्रशासन कार्यालय व्यसबस्थापन सरसफाई र आवश्यक भौतिक व्यबस्था गर्ने ।
  • आन्तरिक कर्मचारी प्रशासन आन्तरिक कार्य विभाजन हाजिरी विदा रमाना पालो पहरा खटन पटनको व्यबस्थापन गर्ने ।
  • कार्यालय भवन परिसर सवारी साधनहरुको मर्मत संभार तथा व्यबस्थापन गर्ने ।
  • निर्देशनालयको आन्तरिक जिन्सी सामानहरुको आपूर्ति तथा व्यवस्था जिम्मा तथा रेखदेख संभार संरक्षण निरीक्षण तथा प्रतिबेदन सम्बन्धी कार्यहरु गर्ने ।
  • आवश्यक जनशक्तिको दरवन्दी सिर्जना नियुक्ति सरुवा पदस्थापना तथा बढुवा सम्बन्धी कार्य गर्ने ।
  • प्रदेश मातहतका कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्‍ने ।
  • प्रदेश मातहतका कर्मचारीको श्रेणी र तहगत दरवन्दी विबरण तथा कर्मचारी अभिलेद राख्‍ने ।
  • प्रदेश मातहतका कर्मचारीहरुको कार्यविवरण कार्यसम्पादन तालिम विदा तथा अबकाश तथा विभागीय कारवाही गर्ने ।
  • कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङ्कनको अभिलेख तथा व्यबस्थापन गर्ने ।
  • स्वास्थ्य सेवाको विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने ।
  • स्तरवृद्धि सम्बन्धी कार्य गर्ने ।
  • मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अध्यावधिक गर्ने ।
  • लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्‍ने
  • कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने
  • आर्थिक योजना तथा संघीय आर्थिक प्रशासन नीति अनुसार कार्य गर्ने ।
  • बित्तिय नीति तर्जुमा बजेट मन्त्रालयको केन्द्रीयस्तरको लेखा अन्तर्गत वार्षिक विनियोजन बाँडफाँड सम्बन्धी कार्यहरु गर्ने गराउने ।
  • विनियोजित बजेटको निकासा खर्च लेखाङ्कन तथा प्रतिबेदन र लेखा परीक्षण सम्बन्धी कार्यहरु गर्ने गराउने ।
  • योजना तथा कार्यक्रम तर्जुमा बजेट कार्यान्वयन लेखा परीक्षण तथा बेरुजु फर्छौट आर्थिक अनुशासन पालना सम्बन्धी कार्य गर्ने ।
  • आन्तरीक बजेट संचालन गर्ने ।
  • केन्द्रीय लेखा लेखा प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणाली ब्यबस्थापन गर्ने ।
  • प्रदेश सरकारको आर्थिक प्रशासन र वित्तिय व्यबस्थापन सम्बन्धी विषयका कार्य गर्ने ।

स्वास्थ्य शिक्षा सूचना तथा संचार शाखा

  • राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य प्रबर्धन सम्बन्धी प्रादेशिक नीति तयार गर्न सहयोग गर्ने; रणनीति, निर्देशिका, मापदण्ड प्रोटोकलहरु तयार गर्ने ।
  • स्वास्थ्य शिक्षा सामाग्री विकास तथा वितरण सम्बन्धी प्रादेशिक नीति, रणनीति, निर्देशिका, मापदण्ड, प्रोटोकलहरु तयार गर्ने ।
  • हानिकारक बस्तुहरुको बजारीकरणको सूचना संचार सम्बन्धी कानून नीति निर्देशिका एबं मापदण्डहरु तयार गर्न सहयोग गर्ने ।
  • सुर्ति मदिरा र लागु पदार्थ जन्य बस्तुको प्रादेशिक स्तरको मापदण्ड नियन्त्रण निर्धारण तथा नियमन गर्ने ।
  • व्यवहार परिवर्तन संचार सम्बन्धी कार्यक्रमहरु प्रदेशस्तरमा कार्यान्वयन तथा स्थानीय स्तरमा कार्यान्वयनका लागि सहजिकरण गर्ने ।
  • स्वास्थ्य शिक्षा तथा प्रबर्धन सम्बन्धी अध्ययन अनुसन्धान कार्यान्वयन गर्ने एबं गर्न सहजिकरण गर्ने ।
  • विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा क्षेत्रको समन्वयमा संचालन गर्न आवश्यक सहजिकरण गर्ने ।
  • व्यवहार परिवर्तनको लागि स्वास्थ्य शिक्षा सूचना तथा सामाग्रीहरुको विकास तथा वितरण गर्ने ।
  • विद्युतीय लगायतका सवै संचार माध्यमको उच्चतम् उपयोग गरी स्वास्थ्य सम्बन्धी सूचना सम्प्रेषण गर्ने ।
  • सूचनामूलक प्रबर्धनात्मक र जनचेतना मूलक स्वास्थ्य शिक्षा र सूचनाको प्रवाहका लागि सरकारी र गैर सरकारी क्षेत्रहरुसँग समन्वय गर्ने ।