परिचय

बागमती प्रदेश स्वास्थ्य निर्देशनालय, मकवानपुर, हेटाैँडा प्रदेशमा स्वास्थ्यको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। स्वास्थ्य निर्देशनालयले प्रदेशमा विभिन्न स्वास्थ्य संस्था मार्फत निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

यस कार्यालयको मुख्य जिम्मेवारी निम्न अनुसारको कार्यहरु संचालन गर्ने/गराउने रहेको छ:

  • स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • प्रदेशस्तरमा आवश्यक पर्ने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्स्थापना स्वास्थ्य सेवाको ब्यबस्थापन
  • स्वास्थ्य सेवा सम्बन्धी प्रदेशस्तरीय प्राज्ञिक, ब्यबसायिक र पेसागत संघ संस्थाको दर्ता, सञ्चालन अनुमति र नियमन
  • प्रदेशस्तरिय स्वास्थ्य सेवाको गुणस्तर निर्धारण, अनुगमन र नियमन
  • राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको उत्पादन तथा सञ्चय, अधिकतम खुद्रा मूल्य निर्धारण, अन्तिम विसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, सञ्चालन अनुमति र नियमन
  • राष्ट्रिय मापदण्ड अनुरुप अस्पताल, नर्सिरङ्ग होम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, सञ्चालन अनुमति र नियमन
  • खानेपानी, ध्वनि र हावाको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण एवं गुणस्तरको मापदण्ड निर्धारण र कार्यान्वयन
  • राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको ब्यबस्थापन तथा नियमन
  • प्रदेशस्तरिय स्वास्थ्य क्षेत्रको मानवश्रोत विकास र ब्यबस्थापन
  • औषधि निगरानी, औषधिको उचित प्रयोग र सुक्ष्म जीव निरोधक, प्रतिरोध, न्युनिकरण
  • खोप र परिवार नियोजन
  • संवेदनशिल औषधि तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति ब्यबस्थापन
  • प्रदेशस्तरमा स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान तथा सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यबस्थापन, सूचना प्रवाह
  • प्रदेशस्तरिय जनस्वास्थ्य निगरानी, ब्यबस्थापन
  • सूर्ति, मदिरा र लागू पदार्थ जन्य बस्तुको मापदण्ड, नियन्त्रण तथा नियमन
  • स्वास्थ्य क्षेत्रमा आपतकालिन ब्यबस्था, विपद र माहामारी ब्यबस्थापन, आकस्मिक सेवा प्रवाह, आपतकालिन स्वास्थ्यका लागि औषधि तथा औषधिजन्य सामाग्रीको प्रादेशिक बफरस्टक ब्यबस्थापन
  • सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
  • राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्बन्धी भौतिक पुर्वाधार विकास तथा ब्यबस्थापन
  • स्वास्थ्य जन्य फोहोर ब्यबस्थापन सम्बन्धी मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन
  • आयुर्वेदिक, युनानी, आम्ची, होमीयोप्याथिक, प्राकृतिक चिकित्सा लगायत अन्य प्रचलित परम्परागत स्वास्थ्य उपचार सेवा सम्बन्धी प्रदेशस्तरीय मापदण्ड निर्धारण कार्यान्वयन, अनुगमन र नियमन
  • जनसंख्या, बसाइसराई र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति र कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन क्षमता अभिबृद्धि र राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क र समन्वय