माननीय मन्त्रिज्यू बाट पदबहाली र निर्देशन

माननीय मन्त्रिज्यू बाट पदबहाली र निर्देशन

आज मिति २०८०/१२/२० गतेका दिन माननीय रामेश्वर श्रेष्ठज्यूले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो।पदभार ग्रहण गर्नुहुँदै स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहररको कार्यन्वयन तिब्रताकासाथ गर्दै जाने कुरा व्यक्त गर्नुभयो। स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्दा नतिजामुलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनु भयो।स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी बर्षको बजेट सिलिङ्ग नै स्वास्थ्य मन्त्रालयको लागि वृद्दि गर्न पर्ने कुरा व्यक्त गर्दै त्यसका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। पदभार ग्रहण कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा नवनियुक्त स्वास्थ्यमन्त्रीज्यूलाई मन्त्रालयका सचिव श्री बद्री बहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन , स्वास्थ्य निर्देशनालयका निर्देशक श्री दिपक प्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक श्री बसन्त अधीकारी, एव स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुबाट स्वागत गरियो।

नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाप्रति प्रतिवद्ध हुँदै आज नै देहाय बमोजिम निर्णय गर्नु भयो।

  • आत्महत्या न्यूनिकरणको लागि संयन्त्र निर्माण कार्यक्रम सम्बन्धमा।
  • स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षिय आत्महत्या न्यूनिकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने,
  • बागमती प्रदेशमा रहेका १३ वटै प्रदेशिक अस्पतालहरु र आयुर्वेद चिकित्सालयहरु मार्फत मानसिक रोगको निदान एव उपचार सेवा प्रदान गर्ने,
  • स्थानीय तहको साझेदारिमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ्ग र निदान एवं मनोसमाजिक परामर्शलाई सुदृढीकरण गर्ने।

२. प्रदेश स्वास्थ्य नीति, २०८० को मस्यौदाको स्वीकृत गरि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजानु पूर्व श्री आर्थिक मामिला तथा योजना मन्त्रालयको रायको लागि पठाउन निर्णय गर्नुभयो।