वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा पारु - १६
स्वास्थ्य निर्देशनालाय बागमती प्रदेशको आयोजना तथा मध्यपुर साईकलिङ ग्रुप संगको समन्वयमा, बागमती प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्रि किरण थापा मगर ज्युको प्रमुख आतिथ्यता तथा स्वास्थ्य निर्देशनालाय बागमती प्रदेशका निर्देशक डा नरेन्द्र कुमार झाज्युको अध्यक्षतामा २०८१/०८/२९ गते “सुर्ती तथा मदिराजन्य पदार्थ नियन्त्रण र पोषण तथा शारीरिक अभ्यास प्रबर्धन कार्यक्रम अन्तर्गत साइकल र्याली तथा नसर्ने रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम” भक्तपुरमा सम्पन्न भएको छ |